×

नेपाल टी-२० को स्पट फिक्सिङमा व्यवस्थापक नै संलग्न, खेलाडीलाई ६ देखि १० लाखसम्मको अफर

images

काठमाडौं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ ।जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको छ ।

प्रहरीले १० जना फिक्सिङमा संलग्न देखिएको बताएको छ। जसमा ४ जना नेपाली  र ६ जना विदेशी छन्। हिजो दुई जना नेपाली पक्राउ परेका थिए। पक्राउ पर्नेमा क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब अलाम छन्। दुवै जनालाई पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाइसकेको प्रहरीको भनाइ छ। 

फिक्सिङका लागि पाँच वटा प्रस्ताव आएको प्रहरीको भनाइ छ। जसमा तीन प्रस्तावलाई खेलाडीले एन्टी करप्सन युनिटलाई खबर गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको टी-२० लिगमा व्यवस्थापकको भूमिकामा रहेका व्यक्ति, खेलाडीसँग सम्पर्क भएका व्यक्ति र खेलमा सहभागी भएका खेलाडी स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला पारेको प्रहरीको भनाइ छ।

स्पट फिक्सिङका लागि खेलाडीलाई ६ देखि १० लाखसम्मको अफर गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन दिएको बताए ।

४ जना व्यवस्थापनमा रहेका व्यक्ति नै फिक्सिङमा संलग्न रहेको उनको भनाइ छ । दुई खेलाडी र चार विचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको थापाले जानकारी दिए । आदिललाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो । उनले त्यसै बमोजिम खेलेको थापाले बताए । जम्मा पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरिएको उनको भनाइ छ ।  

मङ्गलबार १० माघ २०७९ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया