×

आज २३औं आहा रारा पोखरा गोल्डकमा त्रिभुवन आर्मी र राइजिङ स्टार भिड्दै

images


पोखर।  २३औं आहा रारा पोखरा गोल्डकपको दोस्रो दिन आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ । आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ र माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहा रारा इतिहासमा आर्मी ‘अभागी टिम’ मानिन्छ । पहिलोपटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता चार पटक फाइनल पुगिसकेको छ । तर, उपाधि भने जित्न सकेको छैन ।

 

बुधबार १० माघ २०८० १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया