काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार लेखकलाई आज मंगलबार पत्र पठाइएको हो । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने बयानका लागि पत्र पठाइएको छैन ।
आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे थप अनुसन्धानका लागि सरोकारवाला व्यक्तिहरूसँग बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । यो आयोगको कार्यकाल तीन महिना तोकिएको थियो। तर हालसालै एक महिना थपिएको छ ।
लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरिनसकेको बताएका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । जेनजी आन्दोलनकोक्रममा भएको मानवीय क्षतिमा लेखक गृहमन्त्री भएकाले जवाफदेही हुनुपर्ने आवाज उठिरहेको छ ।
प्रतिक्रिया