×

उपेन्द्र यादवको लज्जास्पद हार

images

काठमाडौं । सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत निर्वाचित भएका छन् । 

उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् । 

राउतले ३५०४२ मत प्राप्त गरेका छन् । यादवले १६९७९ मत ल्याए । यादवलाई एमालेको साथ थियो । 

चुनाव जितेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया राउतले भने, ‘हामी स्थानीय मुद्दा नै प्रमुख मुद्दा बनाउँछौं । किसानको समस्या हल गर्ने र शिक्षा स्वास्थ्यमा सुधार गर्ने विषय हाम्रो प्राथमिकतामा रहन्छन् ।’

राउतले सप्तरी जिल्लालाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने, सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउने दाबी समेत गरेका छन् ।

बुधबार ७ मंसिर २०७९ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया