×

सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी

images

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहितलाई पक्राउ गर्न चितवन प्रहरीले अदालतबाट अनुमति पाएको छ। सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध चितवनमा पनि अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रका अनुसार लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। चितवन जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको छ। चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

सहारा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए।

शनिबार ८ मंसिर २०८१ ०७:१० PM मा प्रकाशित

प्रतिक्रिया