काठमाडौं। यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त-रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ।
भाइटीकाको प्रारम्भ यम र यमुनाबीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ। पाँच दिनसम्म यमराज आफ्नी दिदी यमुनाको घरमा अतिथि बनेर बस्दा दिदीले भाइको दीर्घायुका लागि गरेको पूजाको उदाहरणबाट प्रेरित भएर यो पर्व सुरु भएको बताइन्छ।
त्यसैले आजको दिन दिदीबहिनीहरूले दाजुभाइलाई टिका लगाउँछन, मिठा परिकारहरू खान दिन्छन् र ओखर, कटुस र भाइमसलाहरू अर्पण गर्दछन्।
भाइटीकामा प्रयोग गरिने सप्त-रंगी टिका (रातो, सेतो, पहेंलो, बैजनी, हरियो, निलो र कालो) इन्द्रणीको प्रतीकका रूपमा लिइन्छ। यसैगरी कहिल्यै नओइलाउने मखमली माला स्थायी प्रेम र सम्बन्धको प्रतीक मानिन्छ। टिका लगाउने क्रममा अष्ट चिरञ्जीवीको पूजा गरी दिदीबहिनीले भाइको दीर्घायु र सुखको कामना गर्छन्।
यस दिन ओखर फुटाउने र खाने चलनले पनि विशेष अर्थ बोकेको छ। ओखरले हाड मजबुत पार्ने, रोगव्याधी हटाउने र शरीरलाई शक्ति दिने विश्वास छ। त्यसैगरी कटुस र भाइ मसला शरीरलाई ऊर्जा दिने तत्वका रूपमा मानिन्छ।
दिदीबहिनीहरूले दाजुभाइलाई मिष्ठान्न परिकार, फलफूल, वस्त्र तथा भेटी अर्पण गर्छन् भने दाजुभाइहरूले दिदीबहिनीलाई माया र आशीर्वादका प्रतीकस्वरूप उपहार प्रदान गर्छन्।
जसका आफ्ना दाजुभाइ वा दिदीबहिनी छैनन उनीहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टिका लगाउने परम्परा पनि छ। उक्त मन्दिर वर्षमा यही दिन मात्रै खुल्ने गर्छ।
भाइटीका केवल दाजुभाइबीचको पर्व मात्र होइन, यो नेपाली समाजको साझा संस्कृति, प्रेम, सहिष्णुता र पारिवारिक एकताको प्रतिक हो। वैदिक परम्परा, लोकसंस्कृति र वैज्ञानिक मान्यतासँग जोडिएको यो पर्वले नेपालमा रहेका विभिन्न जातजाति, धर्म र संस्कृतिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने कार्य गरेको छ।
नेवारी समुदायमा यस पर्वलाई “किजा” भनिन्छ र सोही दिन आत्मपूजा अर्थात् “महापूजा” गर्ने चलन पनि छ। यसरी भाइटीका बहुआयामिक सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्व हो। जसले नेपालीपन, माया र पारिवारिक सम्बन्धलाई अझ गहिरो बनाउँछ।
आज आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ।
टीका लगाउँदा कता फर्किने ?
तिहारको भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । यस दिन भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गर्नु पर्दछ ।
त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिने गर्दछन् । अनि मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिएर आशीर्वाद दिन्छन् ।
कस्तो हुन्छ भाइटीकाको विधि ?
भाइटीका लगाउँदा केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा सबैभन्दा पहिले गर्नुपर्छ । त्यसपछि मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा गर्नुपर्छ ।
त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाई दिनुपर्छ । टीका लगाई दिइसकेपछि मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । त्यसपछि सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा टुक्रा भएर नास हुने विश्वास छ ।
सप्तरङ्गी होइन, पञ्चरङ्गी टीका
तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीका पञ्चरंगी हुनुपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ । भाइटीकामा रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचवटा रंगको टीका लगाउने भनेर शास्त्रमा उल्लेख गरिएको समितिका अध्यक्षले बताए ।
प्रतिक्रिया