×

भरतपुर महानगरपालिका- रेनु दाहाल जित नजिक

images

हेटौंडा । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले जित नजिक पुगेका छन।  निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार १० मतले अग्रता कायम गरेकी हुन् ।

रेनुले ४६ हजार २५५ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३५ हजार २४५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २८ मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४७ हजार २२८ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ७१ मत पाएकी छन् ।भरतपुरमा अहिलेसम्म कांग्रेसले १४, एमालेले ५, एकीकृत समाजवादीले ३ र माओवादी केन्द्रले २ वडाध्यक्ष जितेका छन्। 

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । अब गणना सुरू हुन बाँकी ३ वटा वडामा १०३२४ भोट खसेको छ। यस्तै उपमेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएर विजयी भएका हुन् । मतगणना नसकिँदै उनको जित सुनिश्चित भएको हो।

भरतपुरमा अब १३ हजार ६८९ मत गन्न बाँकी हुँदा  अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै उनी विजयी भएका हुन् । 

सोमबार ९ जेठ २०७९ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया