×

पाल्पामा बस दुर्घटना- १ जनाको मृत्यु, १८ जना घाइते

images

पाल्पा- पाल्पाको जोरधारामा बस दुर्घटना भयको छ । बुटवलबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट खसेको हो। बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

 बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको छ।

आइतबार​ १० बैशाख २०८० ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया