×

फेसबुक लाइभमा आउँदै रविले भने- हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं - रवि लामिछाने

images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न आग्रह गरेका छन् । चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन सवैलाई आग्रह गरेका हुन् ।

साथै  लाइभमा उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् । ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं’, उनले भने । प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए।

लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए।

सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो। रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ। उनी भिडिओ खिचिरहेका छन्। विवादपछि मतदानस्थलबाहिर सेनाको थप टोली पनि पुगेको छ। मतदानस्थल क्षेत्रमा अहिले सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको पनि टोली तैनाथ भएको छ। 

आइतबार​ १० बैशाख २०८० ०२:११ PM मा प्रकाशित

प्रतिक्रिया