×

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषद् बैठक

images

काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद् बैठक बोलाएका छन्।

आजका लागि बोलाइएको बैठकमा विशेष अदालत र राजश्व न्यायाधीकरणमा अध्यक्ष सिफारिस गर्ने तयारी गरिएको छ। 

न्यायाधीशलाई काज खटाउने विषयमा छलफलका प्रयोजनका लागि बैठक बोलाएका हुन्। न्याय परिषद्को सिफारिसमा सरकारले  नियुक्ति गर्ने छ। यसअघि विशेषका अध्यक्ष प्रेमराज कार्की थिए।

गत साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएको थियो। नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको भोलिपल्ट उनीहरुको सरुवा भएको थियो।

यो आदेश भएको भोलिपल्टै बसेको न्याय परिषद्को बैठकले विशेषका अध्यक्ष कार्की तथा सदस्य (न्यायाधीश)हरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा गरेको थियो। एकैपटक अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएपछि विशेष अदालतमा २ जना न्यायाधीश मात्रै छन्। अध्यक्ष छैनन्।

 

बुधबार ११ फागुन २०७८ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया