×

युक्रेनको सीमा नजिकै रुसी सैनिकको संख्या बढ्यो

images

 

अमेरिकाको एक स्पेस टेक्नोलोजी कम्पनी मेक्सर टेक्नोलोजिजले थुप्रै स्याटलाइट तस्बिर जारी गरेको छ जसमा पश्चिमी रुसमा सैनिकको नयाँ तैनाथी भएको र उपकरण पनि ल्याइएको दाबी गरिएका छन् ।

 

सयभन्दा बढी गाडी पनि दक्षिणी बेलारुसमा देखिएको बताइएको छ । यी सबै इलाका युक्रेनको सीमा नजिकै छन् । रुस र बेलारुसले पछिल्ला दिनमा  व्यापक स्तरमा सैन्य अभ्यास गरेका छन् । तर कसैले पनि ताजा तस्बिरबारे टिप्पणी गरेका छैनन् ।

यो तस्बिरले दक्षिणी बेलारुसको माजिर नजिकैको हवाई क्षेत्रमा जम्मा भएका गाडीलाई देखाउँछ । फोटो ः २२ फेब्रुअरी, २०२२

मेक्सरका अनुसार यी तस्बिरमा पश्चिमी रुसको् क्लिन्ट्सीमा पनि भारी उपकरण ढुवानी गर्ने यातायात देख्न सकिन्छ ।

यी तस्बिरबारे मेक्सरले भनेको छ – पश्चिमी रुसको पोचेपमा जमिनको सर–सफाई र नयाँ तैनाथी देखिएको छ ।

बुधबार ११ फागुन २०७८ ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया