×

सहकारीमा बचतकर्ताको ६ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुईजना पक्राउ

images

काठमाडौं।  सहकारी खोलेर बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले  दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० का ४२ वर्षीय सुरज बस्नेत र वडा १६ का ५७ वर्षीय शिव पाण्डे रहेको सिआइबीले जनाएको छ। उनीहरूलाई प्रहरीको 

बस्नेत भरोसा पुरानो बानेश्वरमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समिति अध्यक्ष र पाण्डे उपाध्यक्ष रहेको सिआइबीले जनाएको छ। 

सिआइबीका अनुसार उनीहरूले बचतकर्ताले राखेको रकम सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तका नाममा राखेर १५ जना निक्षेपकर्ताहरुको ६ करोड २५ लाख रकम दुरुपयोग गरेका थिए। 

​बचतर्ताले भुक्तानी फिर्ता माग्दा उनीहरूले सहकारी संस्थामा ताला लगाई फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले उनीहरूलाई फागुन ४ गते पक्राउ गरेको हो। उनीहरूमाथि आवश्यक कानुनी कारबाही भइरहेको सिआइबीले जनाएको छ।

 

बुधबार ११ फागुन २०७८ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया