×

शेयर बजार साढे १५ अङ्कले घट्यो, जलविद्युत् समूहमा हरियाली, अरू समूह राताम्मे

images

काठमाण्डाै । अस्ति साेमवार र हिजाे मङ्गलवार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५० अङ्कले घटेर दुई हजार सात सय २० दशमलव ४३ विन्दुमा झरेको छ । 

आज जलविद्युत् समूहको शेयर झन्डै ३६ अङ्कले बढेको छ । अरू सबै समूहको शेयर भने घटेर राताम्मे भएको छ । बीमा, अन्य र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २८ कम्पनीका ६२ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब १३ करोड १२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज दिव्येश्वरी हाइड्रो र युनाइटेड मर्दी हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै घलेम्दी हाइड्रोको शेयर नौ दशमलव २२ प्रतिशतले बढेको छ । सपोर्ट लघुवित्त र नेपाल फाइनान्सको शेयर भने साढे तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । 

बुधबार ११ फागुन २०७८ ०५:३१ PM मा प्रकाशित

प्रतिक्रिया