×

सर्वोच्च अदालतका लागि रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस

images


सर्वोच्च अदालतका लागि रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद्को मंगलबार बसेको परिषद्को बैठकले ४ जना उच्च अदालतका न्यायाधीशसहित दुई जना कानुन व्यवसायीसहित ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।

न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमानलाई नियुक्तिको सिफारिस गरिएको छ। त्यसैगरी कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेललाई न्यायाधीश सिफारिस भएको कार्कीले जानकारी दिए।

न्यायाधीश सिफारिसमा परेकाहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकट छन् ।सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त छन्। परिषद्ले ६ जना सिफारिस गर्दा एक पद अझै रिक्त रहेको छ। ।

 

बुधबार ६ मंसिर २०८० ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया