×

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विनम्र अनुरोध

images

काठमाडौँ। काठमाडौँ उपत्यकाका बिभिन्न स्थानहरूमा यहीँ मंसिर ७ गते बिभिन्न समूहद्वारा याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकोले काठमाडौँ

उपत्यका भरी सवारी आवगमनमा असहजता श्रृजना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा

टेलिफोन गर्नहुन र ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध गरिएको छ ।

 सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग लागि अनुरोध गरिएको छ ।
,

बुधबार ६ मंसिर २०८० ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया