काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफु शिक्षा मन्त्रालयमै बस्ने बताएका छन् । केशरमहलस्थित मन्त्रालयमा कार्यभार ग्रहण गर्दै उनले आफु मन्त्रालयमै बस्ने बताए ।
उनले भने- सचिवज्यूलाई निर्देशन दिन्छु । एउटा कोठा बनाउनुस, एउटा बेड, एउटा टेबल एउटा कुर्सि । म जहाँ काम गर्छु त्यहि बस्ने बानी छ मेरो । राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा म त्यहि बस्छु । वीरगन्ज जादा त्यहि बस्ने हो । मलाइ एउटा किचन चाहियो, म आफै पकाएर खान्छु ।'
मन्त्री पुनले मन्त्रालयको काममा गाडी प्रयोग गर्ने बताउदै अन्य निजी काममा गाडी प्रयोग नगर्ने बताए ।
प्रतिक्रिया