काठमाडौं । दुई केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-२६, ज्याँठामा बस्ने ४६ वर्षीय छुनलिन टान र २४ वर्षीया स्युएमी जोउ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ज्याँठास्थित च्यौ तिङ य्वान पिन क्वान होटलबाट पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया