काठमाडौँ । नेप्से परिसूचकमा हरियाली छाएको छ । आज नेप्से ८०.९७ अंकले बढेर २९७३. ७० विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ट्रेड टावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै शिभम सिमेन्ट र सान्भी इनर्जीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर ९.९० प्रतिशतले बढेको छ ।
त्यसैगरी आज एलबीबीएल डिभेन्चर २०८९ को सेयर मुल्य सबैभन्दा बढी ३.९४ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ७१ करोड ८८ लाख र शिभम सिमेन्टको ६८ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया