×

भरतपुरमा रेनु दाहाल बढाउँदै अग्रता, ८ हजार बढीको मतान्तर

images

चितवनको भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

अहिलेसम्म ९४२३२ मत गणना भएको छ। उनले अहिलेसम्म ३७०२७ मत ल्याएकी छन्। यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८९६८ मत ल्याएका छन्। दाहालले लगातार आफ्नो अग्रता बढाउँदै लगेकी छन्। दाहाल र सुवेदीबीच ८०५९ को मतान्तर छ। स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १२२३३ मत ल्याएका छन्। उपमेयरमा भने सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ३९१२९ मत ल्याएका छन्।

एमाले-राप्रपा गठबन्धनबाट उपमेयर उम्मेदवार हिमला गुरूङले २२९११ मत ल्याएकी छन्। महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ। अहिले २० र २१ को गणना भइरहेको छ। भरतपुर महानगरमा २९ वडा छन् । मतगणना जारी छ। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९३ हजार ७३२ मत गनेर सकिएको छ । अब ३४ हजार जती मत गन्न बाँकी छ । हालसम्म कांग्रेसले ११, एमालेले पाँच, एकिकृत समाजवादीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन्।

आइतबार​ ८ जेठ २०७९ ०२:२२ PM मा प्रकाशित

प्रतिक्रिया