इन्डियन प्रिमियर लिग- हैदरावादमाथि चेन्नाईको शानदार जित

    images

    काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत गएराति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नई ७ विकेटले विजयी भएको छ ।

    चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई हराएको हो ।
    टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । उसका अभिशेख शर्माले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, राहुल त्रिपाठी २१ रनमा आउट भए । अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका रविन्द्र जडेजाले ३ विकेट लिए ।

    जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका डेभन कन्वेले अविजित ७७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, ऋतुराज गायकवाडले ३५ रन जोडे ।

    हैदराबादका मयङ्क मार्कन्डेले २ विकेट लिए । जितसँगै चेन्नईको ६ खेलमा ८ अङ्क भएको छ । चेन्नई तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अङ्क रहेको हैदराबाद नवौँ स्थानमा छ ।

    शनिबार ९ बैशाख २०८० ०६:५८ AM मा प्रकाशित

    प्रतिक्रिया