×

पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

images

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेका छन् ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवलशम्शेर राणा पूर्वराजालाई भेट्न झापा पुगेका थिए । 

राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले भेटवार्ताका क्रममा पूर्वराजाबाट देशको अवस्थाबारे चिन्ता प्रकट भएको बताए ।

‘अहिले नेपालको विग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे उहाँको चिन्ता थियो,’ डा. लोहनीले भने । सबै राजनीतिक शक्तिहरुले देशको समस्या समाधानका लागि मिलेर काम गरुन् भन्ने पूर्वराजाको चाहना रहेको उनले उल्लेख गरे ।

डा. लोहनीले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयमा पनि छलफल भएको बताए ।


 

बुधबार ८ चैत २०७९ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया