×

सुदूरपश्चिम विद्यालयका १० आंगिक क्याम्पसमा स्ववियू निर्वाचन सुरु

images


काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १० आंगिक क्याम्पसमा आज बिहान ८ बजेबाट स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचन सुरु भएको छ ।  
त्रिभुवन विश्वविद्यालयका अन्तरगतका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा गत ५ चैतमा स्ववियू निर्वाचन भएको थियो । लगभग सबै क्याम्पसमा निर्वाचनको परिणाम आइसकेको छ । मत परिणाम अनुसार अधिकांश क्याम्पसमाा एमाले निकट अनेरास्ववियू र काँग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् । त्यसपछि माओवादि केन्द्र निटक अखिल क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएका छन् । 
सुदूरपश्चिम विश्वविगद्यालयका आंगिक क्याम्पसमा पनि अनेरास्ववियू र नेवि संघकै उम्मेदवारबीच प्रतिष्पर्दा देखिन्छ । आंगिक कैलाली बहुमुखी क्याम्पसमा भने एमाले निकट अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी ) पार्टी निटक अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ । अन्य संगठनले एकल उम्मेदवारी दिएका छन् ।
विश्व विद्यालय अन्तरगका आंगिक क्याम्पसमा गत ५ चैतमै निर्वाचन मिति तोकिएको थियो । तर, अन्तगरिक विवादका कारण निर्वाचन हुन सकेको थिएन । 
 

बुधबार ८ चैत २०७९ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया