बढ्यो सुनको मूल्य

    images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    बुधबार ९ माघ २०८१ १२:५४ PM मा प्रकाशित

    प्रतिक्रिया