×

आगामी चैत १५ गतेदेखि एसईईको परीक्षा सुरु

images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गते देखि सुरु भएर चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बिहान ८.०० बजेदेखि ११.०० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । चार लाख ८९ हजार विद्यार्थीले यसवर्षको एसईई परीक्षाका लागि आवेदन दिएका छन् ।

सोमबार ८ माघ २०८० ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया