×

उड्न लागेको बुद्ध एयरको ढोका यात्रुले खोलेपछि...

images

 पोखरा । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् । 

बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो। बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजेका लागि तय भएको उडान नम्बर ६५२ ले यात्रु चढाएर जहाजका सबै ढोका बन्द गरेर उडानको तर्खर गर्न लाग्दा जहाजको इमर्जेन्सी ढोका एकाएक खोलिदिएका थिए।

ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ । प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

बिहीबार ५ पुस २०८० १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया