फलेन्द्र मगर / दुबई
अगस्ट-२१ युएई नेपाली हिन्दु महिला हरु को महान पर्व हरितालीका तीज को विशेष अवसरमा गुल्मी सेवा समाज, युएईले 'आपतकालिन सहयोगार्थ कोषको स्थापनार्थ ' रोजगारी को सिलसिलामा युएई आएर श्रम गरिरहेका गुल्मेली चेलिबेटी हरु का साथै गैर गुल्मेली चेलिबेटी हरु लाई पनि यो परदेशी भुमिमा पनि आफ्नै माईती घरको जन्मभुमिमा दर खाएर तीज मनाए जस्तै गरि गाउँघरकै याद दिलाउने गरि दर खुवाउने कार्यक्रमको आयोजना गुल्मी सेवा समाज, युएईले तीज फेस्टिवल-२०२५ कार्यक्रमको आयोजना आउँदो अगस्ट ३१ तारिखको दिन आयोजना गर्न लागेको जानकारी अध्यक्ष जिवन सिंह ठकुरी ले बताए ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन का लागी नेपालबाट चर्चित लोकदोहोरी गायीका शान्ति रानी परियार र नन्दु परियार पनि आउने भएका छन साथै स्थानिय कलाकार हरु को समेत बेजोड प्रस्तुति रहनेछन । अध्यक्ष ठकुरीले गुल्मेली र गैर गुल्मेली सबै चेलिबेटी हरु लाई कार्यक्रममा सहभागिता का लागी आव्हान समेत गर्नुभएको छ ।कार्यक्रम बर दुबई स्थित क्लब SK7 को सभाहल मा दिउँसो १:०० बजेबाट कार्यक्रम हुने कार्यक्रम संयोजक विष्णु भट्टराई ले जानकारी दिए।
प्रतिक्रिया