×

एसीसी महिला एसिया कप : आज नेपाल पाकिस्तानसँग खेल्दै

images

काठमाडौं । नेपालले एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्‍काको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा आमने सामने भएका थिए । जसमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो ।


समूहको अर्को खेल दिउँसो सवा २ बजे भारत र यूएईबीच खेल हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा यूएइलाई ६ विकेटले पराजित गरेको थियो । नेपाल टिमकी कप्तान इन्दु बर्माले, यूएईसँगको जितले खेलाडीको मनोबल उच्च बनाएको प्रतिक्रिया दिएकी छन् । पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा बलियो प्रदर्शन गर्नु पर्नेछ ।

आइतबार​ ६ साउन २०८१ १०:२५ AM मा प्रकाशित

प्रतिक्रिया