×

रुकुम कांग्रेस सभापति  प्रेम ओलीलाई ठगी मुद्दामा एक महिना कैद सजाय फैसला , नौ महिना सम्म पनि भएन कारबाही 

images

नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेमप्रकाश ओलीलाई चेक अनादर मुद्दामा कैद सजाय तोकिएको पाइएको छ । उच्च अदालत सुर्खेतले केही महिना अघि गरेको फैसलामा ओलीले चेक अनादर गरेको ठहर गर्दै विगो भराउने र एक महिना सम्मको कैद सजाय तोकेको हो । रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका १, का सुदिप विकले दायर गरेको मुद्दामा २०७८ असार १६ गते फैसला गर्दै अदालतले ७ लाख २३ हजार ७ सय ५० विगो तिर्न र एक महिना कैद सजाय तोकेको छ । साथै क्षेतीपूर्ति वापत २८ हजार ९ सय ५० रुपैयाँ तिर्न पनि अदालतले आदेश गरेको छ 


सभापति ओलीको काम गर्ने क्षेत्रको ठेकेदार काम गरे वापत पाउनुपर्ने रकम उल्लेख गरिएको चेक अनादर गरेको भन्दै सुदिप विकले मुद्दा दिनुभएको थियो । सोही मुद्दामा अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ ९ग० अनुसारको कसुर गरेको ठहर गरेको छ । ओलीले विकलाई एनआइसी एसिया बैंकको चेक दिएको र उक्त खातामा पैसा नभएको ठहर गरिएको छ । सोही मुद्दाको फैसला गरेको अदालतले २०७८ सालको असोज ७ गते फैसलाको पूर्ण विवरण सहित विकलाई जानकारी गराएको थियो । यही विषयलाई लिएर रुकुम काँग्रेसमा खैलाबैला मञ्चिएको छ ।

उसो त काँग्रेस सभापति ओली आर्थिक रुपमा बेइमानिको रुपमा चिनिदै आएका छन । केही महिना अघि सम्पन्न नेपाली काँग्रेसको अधिवेशनको समयमा महाधिवेशन प्रतिनिधि बनाएपछि केही व्यक्ति बाट पचास लाख सम्म असुलेको उनलाई संगिन आरोप छ । एक महिना कैद सजाय उच्च अदालत बाट फैसला भएपछि उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने रुकुम काँग्रेस भित्र चर्को दबाब सुरु भएको छ । उक्त मुद्धाको सुनुवाई गर्दै उच्च अदालत सुर्खेतले गत असार १६ गते ओली बिरुद्ध फैसला गरेको थियो ।

 न्यायाधीसद्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको सयुक्त फैसलाले वैकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ अनुसार प्रेमप्रकाश ओलीले कसुर गरेको फैसला गरेको थियो । प्रतिवादी ओलीलाई एक महिना कैद र सात लाख २३ हजार ७५० बिगो भराई २८ हजार ९५० क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । तर अहिले सम्म उक्त फैसला कार्यन्वयन भएको छैन । ओली जिल्लामा पाटीका कार्यक्रममा खुलेयाम हिडिरहेका छन । उनलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छैन । सत्ताको आडमा ओलीले अदालतको आदेशको धज्जी उडाइरहेका छन ।

https://www.esancharpati.com/uploads/files/pream-oli.pdf

सोमबार ७ चैत २०७८ ०९:२५ AM मा प्रकाशित

प्रतिक्रिया