×

खेलकुद  मन्त्री गहतराजद्वारा परिषदको प्रसासनिक् भबन उदघाटन

images

राष्ट्रिय खेलकुद परिषदको ५८ औ वार्षिक उत्सब तथा  प्रसासनिक् भबन उदघाटन सम्पन्न भयको छ। युबा तथा खेलकुद  मन्त्री महेश्वर गहतराज द्वारा उदघाटन  भयको उक्त कार्यक्रममा ९औ राष्ट्रिय खेलकुद प्रतियोगिता यही जेष्ठ १५ गते भित्र सम्पन्न गरिने मन्त्री गहतराज बताउनु भयो। खेल  नेपाललाई अन्तरराष्ट्रिय रुपमा चिनाउने माध्ग्यम भयपनी राज्यद्वारा प्रयाप्त बजेटको ब्यबस्था यस् क्षेत्र लाई नगरेको गुनासो गर्नु भयो।

खेलकुदको बजेट बनाउने क्रममा योजना आयोग र अर्थ मन्त्रालय को सिलिङ तोक्ने प्रणाली प्रती असन्तुस्ट ब्यक्त गर्दै परिषदको प्रमुख प्रसासकिय पदमा कर्मचारी बाटै हुनुपर्ने भन्दै कानुनी ब्यबस्था निर्माणमा लागिपरेको बताउनु भयो।

उक्त कार्यक्रमा परिषदका उपाध्यक्ष साथै उक्त कार्यक्रमका सभापति शिब कोइराला ले परिषदमा कर्मचारीहरु बिच मतान्तरण भयको गुनासो गर्दै संघ हरुमा कर्मचारी बसेकोमा असन्तुस्टी ब्यक्त गर्नु भयो। साथै कर्मचारी हरुले एक हप्ता भित्र संघ हरुमा बसेको भए पद छोडनु पर्ने चेतावनी दिनु भयो। सो कार्यक्रममा २० बर्ष र  २५ बर्ष परिषदमा सेवा गरेका कर्मचारीलाई सम्मान् गरियको थियो।         

सोमबार ७ चैत २०७८ ०३:४६ PM मा प्रकाशित

प्रतिक्रिया