×

बैतडीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थीसहित तीन जनाको ज्यान गयो

images

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा आज साेमवार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा स्थानीय सिगास माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक जना स्थानीयवासीको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरूको परिचय खुलिसकेको छैन ।  

घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । कच्ची सडक भएकाले ब्याक गर्ने क्रममा जमिन भासिएर दुर्घटना भएको घटनास्थलमा रहेका खोड्पे प्रहरी चौकीका प्रमुख ऐनबहादुर पालले जानकारी दिनुभयो । 

सोमबार ९ फागुन २०७८ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया