×

रवि र जीबीविरुद्धका उजुरी अब सीआईबीले अनुसन्धान गर्ने

images

 

काठमाडौँ, ७ माघ  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीवी राई जोडिएको सहकारी ठगी सम्बन्धी प्रकरणको छानविन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले गर्ने भएको छ ।

उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाइएको हो । ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले ती फाइल माग्दै विभिन्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएका थिए ।

बुटवल स्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइलाबारे स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा झिकाएको छ । लामिछाने र राईले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ ।

जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति लामिछानेले पनि बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

आइतबार​ ७ माघ २०८० ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया