×

ओलीको क्षेत्र दमकमा एमालेको युवा संघका शीर्ष नेताहरू नै रास्वपा प्रवेश

images

काठमाडौं । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष नै रास्वपामा गएका छन् । युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ रास्वपा प्रवेश गरेका छन् ।

उनीहरूले उम्मेदवारी दर्ता भएको भोलिपल्ट बुधबारदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा समर्थन जनाउने निर्णय गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन् । उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यसअघि नेपाली कांग्रेसको दमक नगर समितिका सभापति पनि रास्वपा प्रवेश गरेका थिए । नेपाली कांग्रेसका झापाको दमक नगरपालिकाका सभापति प्रकाश प्रसाईंले नेपाली कांग्रेसको पद र क्रियाशील सदस्यतासमेत त्यागेको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

बुधबार ८ माघ २०८२ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया