×

चालिसे र काँचुलीलाई लघुकथा समाज नेपाल को सम्मान

images

 

काठमाडौं । लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सावित्री केशर कथा सम्मान र बाटुली खिलध्वज लघुकथा सम्मानको घोषणा गरेको छ ।

समाजको आइतबार बसेको बैठकबाट ‘सावित्री–केशर कथा सम्मान—२०८०’ कथाकार विजय चालिसेलाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०८०’ कथा तथा लघुकथा दुवै विधामा कलम चलाउने सर्जक मञ्जु काँचुलीलाई प्रदान गर्ने निर्णय गरिएको ई संचारपाटि लाई समाज का कोषाध्यक्ष छबी रमन सिलवालले बताउनु भयो। 

साहित्यकार हरि थापा, भैरवी थापा, राजन पण्डितलगायत व्यक्तिद्वारा यी सम्मानको स्थापना गरिएको हो ।

सोमबार ४ मंसिर २०८० ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया