काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापाको नेतृत्वमा आयोजना हुन लागेको महाधिवेशन वा भेलामा सहभागी हुनु चरम अनैतिक हुने बताएका छन्। पार्टीको संस्थागत निर्णय, विधान र स्थापित पद्धति विपरीत हुने यस्ता गतिविधिमा सहभागी नहुन उनले नेता तथा कार्यकर्ताहरूलाई चेतावनी दिएका छन्।
पार्टीभित्रको आन्तरिक विवाद र गुटबन्दी चरम उत्कर्षमा पुगेको टिप्पणी गर्दै उपसभापति खड्काले भने, "अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनकाे अन्तिम डिलमा पुगेकाे अवस्था छ।" उनले पार्टीको आधिकारिक प्रक्रिया र विधानलाई मिचेर गरिने कुनै पनि भेला वा महाधिवेशनले कांग्रेसलाई औपचारिक विभाजनतर्फ धकेल्ने चेतावनी दिए।
उनले थप भने, "पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय र विधानभन्दा बाहिर गएर आयोजना गरिने कुनै पनि गतिविधिमा सहभागी हुनु राजनीतिक र नैतिक दुवै हिसाबले गलत हो।" पार्टी एकता कायम राख्न र विधानको पालना गर्न सबै पक्षलाई जिम्मेवार बन्नसमेत उनले आग्रह गरेका छन्।
प्रतिक्रिया