×

भ्रामक सूचना र साइबर अपराधको कसुरमा भरत दाहाल पक्राउ, काठमाडौँ ल्याइँदै

images

काठमाडौँ। राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा मोरङ प्रहरीले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरीका अनुसार दाहाललाई मोरङको बेलबारी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जालमार्फत साइबर अपराध तथा भ्रामक सूचना फैलाएको कसुरमा अनुसन्धानका लागि ब्युरोले पक्राउ पुर्जी पठाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दाहाललाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

आइतबार​ ४ असोज २०८३ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया