काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ ।
सभामुख देवराज घिमिरेले यसअघि साउन ३० गतेको बैठकमा आज दिउसो १ बजेदेखि शुरु हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने जानकारी दिए अनुसार आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यसूची समावेश गरिएको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको हो ।
प्रतिक्रिया