काठमाडौँ । भारतक सुपरस्टार अभिनेता रजनीकान्त हालै लोकेश कनागराज निर्देशित फिल्म कुलीमा देखिएका थिए । अब लोकेशले आफ्नो अर्को फिल्मको घोषणा गरेका छन्, जसमा रजनीकान्त फेरि देखिनेछन् । तर यसपटक कमल हासन पनि उनीसँगै देखिनेभएपछि यसको चर्चा अहिलेदेखि नै शुरु भएको छ ।
मिडिया रिपोर्टका अनुसार, कमल हासन र रजनीकान्तबीच नयाँ एक्सन फिल्मको बारेमा वार्ता भइरहेको छ । यदि सबै कुरा ठीकठाक रह्यो भने, तमिल सिनेमाका यी दुई ठूला स्टारहरू लगभग ४६ वर्षपछि फेरि सँगै देखिनेछन् । यसअघि, दुवै १९७९ को फिल्म रा अलाउद्दीनम अलभुथा विलाक्कममा सँगै देखिएका थिए ।
लोकेश कनागराजको यो आगामी फिल्म राज कमल फिल्म्स इन्टरनेशनलको ब्यानरमा बन्ने बताइएको छ । यद्यपि, यसको आधिकारिक घोषणा गरिएको छैन । फिल्मको बारेमा कुराकानी भइरहेको छ र यसको कथा दुई वृद्ध गुण्डाहरूको वरिपरि घुम्नेछ । रिपोर्टमा लोकेश कनागराजले आफ्नो अर्को फिल्म कैदी- २ मा कार्थी वा आमिर खानसँग काम गर्न सक्ने सक्छन्। तर अब उनी पहिले कमल हासन र रजनीकान्तसँग बन्ने फिल्ममा ध्यान केन्द्रित गर्न सक्ने बताइएको छ ।
यस बाहेक, लोकेशले कमल हासनको फिल्म विक्रम २ पनि बनाउनेछन्, जुन उनको सिनेमाई ब्रह्माण्डको अर्को फिल्म हुनेछ । फिल्म कुली: द पावरहाउस १४ अगस्टमा रिलिज भएको थियो। रजनीकान्तसँगै श्रुति हासन, नागार्जुन, उपेन्द्र राव फिल्ममा महत्त्वपूर्ण भूमिकामा छन् । यस फिल्ममा आमिर खानले पनि क्यामियो गरेका छन् ।
प्रतिक्रिया