×

देविकाको कविताकृति लोकर्पित

images


काठमाडौं । कवि देविका तिमिल्सिनाको पहिलो कविताकृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोकार्पित भएको छ । कवि तिमिल्सिनाको जन्मदिनको अवसर पारेर शनिबार

नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्रा.डा. गोविन्दराज भट्टराईलगायतले कृति लोकार्पण गरे । 

कविताकृतिमाथि चर्चा गर्दै प्रा.डा. भट्टराईले देविकाका कविताहरूमा आफ्नो समयविरुद्ध, शासकविरुद्धको आक्रोश तीव्र देखिएको बताए । उनका कवितामा अस्तित्ववादी चिन्तन पनि भेटिने बताउँदै डा. भट्टराईले संगृहित कविताहरूमा रचनाकाल उल्लेख भएको भए राम्रो हुने उल्लेख गरे । 

भाषा आयोगका सदस्य मातृका पोखरेलले प्रगतिशील लेखन तथा कवि तिमिल्सिनासँगको सँगतको चर्चा गरे । कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, सल्लाहकार चन्द्रप्रसाद भट्टराई, हिरण्यकुमारी पाठक , चेतनाथ कणेल हरित, मधु पाठकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल स्रष्टा समाजक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लोकार्पित कवितासङ्ग्रहका कवि देविका तिमिल्सिनाले आफ्नो पाँचदशको साहित्यिक यात्राको बारेमा चर्चा गरेका थिए ।
 

आइतबार​ ३ भदौ २०८० ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया