काठमाडौँ, ४ साउन । नेपाली बजारमा आज (सोमबार) सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।
मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएर ४ हजार ३२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।
प्रतिक्रिया