काठमाडौँ, ४ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको वर्तमान अवस्था र यसको सुदृढीकरणका लागि आज विशेष छलफल गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे आयोजना गरिएको उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल सहभागी हुँदै हुनुहुन्छ।
यसैगरी बैठकमा नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि सहभागिता रहने जनाइएको छ।
बैठकमा विशेष गरी पुँजी बजारको वर्तमान अवस्था, नीतिगत सुधारका प्रयासहरू, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण र समग्र राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयहरूमा केन्द्रित रहेर गहन छलफल हुने मुख्य उद्देश्य रहेको छ।
प्रतिक्रिया