×

यस्तो छ आजको मौसम पूर्वानुमान

images

काठमाडाैं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव कायमै रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण हाल देशका पहाडी तथा हिमाली भूभागहरूमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ भने तराईका अधिकांश भूभागहरूमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने भए पनि तराईका क्षेत्रमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेस प्रदेश र अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने अत्यधिक गर्मी अर्थात् तातो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। देशका अन्य पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने भए पनि तराई क्षेत्रको मौसम भने सफा नै रहनेछ।

रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

बुधबार ६ जेठ २०८३ ०९:१२ AM मा प्रकाशित

प्रतिक्रिया