×

२५७० औं बुद्ध जयन्ती,नेफिन युएईले आयोजना गर्ने

images

 
 फलेन्द्र मगर /  दुबई 

   युएई - २० अप्रील:  विश्व शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको २५७० औं जन्म जयन्ती वैशाख शुक्ल पुर्णिमा का दिन भव्य रुपले मनाईन्छ । विश्वमा बढदो हिंसा, अशान्ति र मानव मानव विच आपसी असहमझदारी लाई मानवीय एकता, अहिंसा र शान्ति कायम गर्दै सोहि अवसरमा दुबई मा पनि आदिवासी जनजाति महासंघ, युएईमा आबद्ध सबै जातिय संघ संस्था हरु को संयुक्त आयोजना मा । आउँदो मई -३ तारिख का दिन क्लब एस के सेभेन को सभा हलमा मनाउन लागिएको कार्यक्रम संयोजक राजु गुरुङ तमु ले जानकारी दिए । 

दुई आणविक शक्ति राष्ट्र हरु विच भएको शक्ति संघर्ष ले उब्जाएको हालको विषम परिस्थिति बाट गुज्रदै गरेका खाडी मुलुक हरु मा धार्मिक अनुष्ठान मार्फत शान्ति , सदभाव र अ्मन चयन को कामना सहित उक्त दिन लामा धर्मगुरु द्वारा पूजापाठ , प्रवचन साथै विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो । अध्यक्ष भागिरथि कुमार भगत ले उक्त कार्यक्रम मा बृहत् रुपमा उपस्थिति नजाई युएईमा कर्म गरिरहेका आम नेपाली समुदाय हरु मा विश्व शान्तिको कामना सहित एक्येबद्धता जनाउन का लागी आग्रह समेत गरेका छन।

सोमबार ७ बैशाख २०८३ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया