×

माओवादी केन्द्रका नेता ठम्मरबहादुर विष्ट एमाले प्रवेश

images

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । 

सुर्खेत क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्यसमेत रहेका विष्टलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतवार स्वागत गरेका हुन् । 

सुर्खेतमा एक कार्यक्रम गर्दै उनीसहित पार्टी प्रवेश गर्नेहरूलाई वरिष्ठ उपाध्यक्ष पोखरेल, स्थायी समिति सदस्य यामलाल कँडेललगायतका नेताले स्वागत गरेका थिए ।

विष्टले माओवादी केन्द्र आफ्ना एजेन्डाबाट विचलित भएकाले आफू एमाले प्रवेश गरेको बताए । उनले माओवादी केन्द्र जनता केन्द्रित नभएर व्यक्तिमा केन्द्रित भएको र अमेरिकी सहायता एमसीसी पास गरेकाले पार्टी परित्याग गरेको बताए ।

उनीलाई आज माओवादी केन्द्र संसदीय दलले दलको सदस्यताबाट निलम्बन गरेको थियो ।

आइतबार​ ६ चैत २०७८ ०५:१२ PM मा प्रकाशित

प्रतिक्रिया