×

मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग

images

निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् । निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो ।
 
सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कोभिडले असहज भएको निर्माण व्यवसायीमा मूल्यवृद्धिले झनै ठूलो प्रभाव पारेको उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ “मूल्यवृद्धि समायोजन गराई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने हाम्रो इच्छालाई प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछौंँ ।”
 
सरकारमार्फत यस समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि समेत ठोस पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ । आफ्ना मागहरु पूरा नभए कन्स्ट्रक्सन होलिडे गरी आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

फलामजन्य सामग्री, सिमेन्ट, बिटुमिन, इन्धन, इँट्टालगायत नदीजन्य निर्माण सामग्रीको मूल्यवृद्धिसँगै अभाव सिर्जना गरिएको व्यवसायीहरुले जनाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले व्यवसायीको माग जायज रहेको र ज्ञापनपत्र सम्बन्धित निकायसम्म पु¥याउने बताउनुभयो ।

आइतबार​ ६ चैत २०७८ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया