×

देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन

images

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयताबारे दिएका अभिव्यक्तिको छानबिन गर्न माग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भण्डकारीले ट्रम्पमको अभिव्यक्तिको विषयमा सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् । देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने भन्दै के भएको थियो? के हुँदैछ? भनेर सरकारले गम्भीरतापूर्वक चासो लिनुपर्ने भण्डारीले बताएा छन् ।


‘अमेरीकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्, देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन ! के हुँदैछ? सरकारले छानबिन गर्नु पर्दछ ! देशभन्दा ठुलो कोही होइन र हुन पनि सक्दैन !’ उनले फेसबुकमा लेखेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको संघीयताका लासग दिइएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका थिए । हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका हुन् ।

http://<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fchandrabhandai%2Fposts%2Fpfbid02SSBJqWAqg3YL3h1axwpmjEqiaR3j8UHUfpNEGGvCczac3KD6CApq2TBKDArr4mrsl&show_text=true&width=500" width="500" height="208" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

बिहीबार ८ फागुन २०८१ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया