×

रुसले युरोपमा १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बेलायती प्रधानमन्त्रीको आरोप

images

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन् ।

प्रधानमन्त्री जोनसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धका लागि रुसले तयारी गरेको तथ्य देखिएको बताएका हुन् । ‘सबै संकेतले एक हिसाबबाट उक्त योजना सुरु भइसकेको देखाउँछन्,’जोनसनले भने ।
 

खुफिया एजेन्सीबाट प्राप्त जानकारीबाट युक्रेनको राजधानी किएभलाई घेराबन्दी गर्ने गरी रुसले हमला गर्न चाहेको उनको भनाइ थियो ।

सबैले युद्धबाट हुने मानवीय क्षतिलाई बुझ्नु पर्ने पनि जोनसनले बताए । ‘सबैले मानव जीवनले चुकाउने मूल्य बुझ्न जरुरी छ’, विश्व नेताहरूको एक सुरक्षा सम्मेलनमा भाग लिन म्युनिख पुगेका उनले भने ।

अमेरिकी सरकारको पछिल्लो अनुमानअनुसार रुसले युक्रेनको सीमा नजिकै एक लाख ६९ हजारदेखि एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ । यही भएर अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिनभित्रै रुसले युक्रेनमा हमला गर्न सक्ने आशंका व्यक्त गरिसकेका छन् ।

 

आइतबार​ ८ फागुन २०७८ ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया