×

पहिलोपटक नेपाल–भारत अन्तर्राष्ट्रिय ‘गेट वे पेमेन्ट’ को शुरुवात

images

पहिलो पटक अन्तर्राष्ट्रिय जगतमा नेपाल र भारतबीच गेट वे पेमेन्टको शुरुवात भएको छ । द नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) ले नेपालबाट समेत डिजिटल भुक्तानी गर्न सकिने गरी हालैमात्र यूपीआई प्रणालीको शुरुवात गरेको हो । 

कम्पनीले हौमात्र नेपालस्थित एनपीसीएल इन्टरनेशनल पेमेन्टस् लि. (एनपीएल) को अन्तर्राष्ट्रिय गेटवे पेमेन्ट सर्भिस (जीपीएस) र मनाम इन्फोटेकसँग डिजिटल कारोबारको साझेदारीको सहमति गरेको छ ।  योसँगै अब नेपाल–भारत डिजिटल कारोबारमा नयाँ आयामको शुरुवात भएको कम्पनीको दाबी छ । त्यसो त यो नै अन्तर्राष्ट्रिय जगतमा भारतीय डिजिटल भुक्तानीमा भएको पहिलो उपलब्धी हो । 

मनाम इन्फोटेकले नेपालमा एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) लागू गर्नेछ, जसको आधिकारिक भुक्तानी प्रणालीको अपरेटिङ जीपीएसमार्फत हुनेछ ।  नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीएल)ले यस्तो सहकार्यले छिमेकी देशमा व्यक्तिदेखि व्यक्ति र व्यक्तिदेखि व्यापारीकसम्म लेनदेनमा सहजीकरण हुनेदेखि थप सम्बन्ध प्रगाढ हुनेसमेत बताएको छ । 

यूपीआई विश्वको एक लोकप्रिय डिजिटल भूक्तानीको माध्यम हो । जसले भारतमा पी टु पी र पी टु एम लेनदेनहरुमा सहजीकरण गर्दै आएको छ । जसमार्फत वार्षिक झण्डै ९४० बिलियन अमेरिकी डलर बराबरको कारोबार हुने गरेको कम्पनीको दाबी छ । यो सन् २०२१ को भारतको जीडीपीको करिब ३१ प्रतिशत हो ।

आइतबार​ ८ फागुन २०७८ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया