×

एमसीसी कार्यसूचीबाटै खारेज गर्नुपर्छ- दुर्गा पाैडेल

images

काठमाण्डाै । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीलाई कार्यसूचीबाट खारेज गर्नुपर्ने बताएकी छन् ।

संसद बैठकमा बोल्दै पौडेलले एमसीसीलाई खारेज गर्नुपर्ने बताएकी हुन् । 

‘एमसीसी खारेज हुनुपर्छ, यो एउटा पार्टीको मात्रै होइन सम्पूर्ण नेपाली जनताको आवाज हो,’ उनले भनिन्, ‘नेपाल रहे पार्टी रहन्छ, देशै नरहे कसैको पनि अस्तित्व रहँदैन ।’

एमसीसीलाई फिर्ता पठाउँदा नै राष्ट्रको हित हुने उनको भनाइ छ । नेपाली जनताको आवाजको सम्मान गर्न पनि सभामुखसँग उनले आग्रह गरिन् । 

 

आइतबार​ ८ फागुन २०७८ ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया