×

संसद्मा भीम रावलको प्रश्न– यो देश काुननी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट ?

images

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता कुनै पनि हालतमा संसद्मा टेबल गर्न नहुने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले एमसीसी टेबल गर्ने विषय कार्यसूचीमा कुन कानुनअन्तर्गत राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरे ।

“यो देश काुननी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट चल्छ ?,” रावलले भने, “हाम्रो संविधान–कानुन मिचिने, स्वतन्त्र परराष्ट्र नीतिमा धावा बोल्ने परियोजना टेबल गर्न हुँदैन ।”

नेता रावलले राजनीतिक दलको बीचमा सहमति नभएको र प्रतिपक्ष दलले संसद् अवरोध गरेको तथा सत्ता गठबन्धनमा कुरा नमिली कसरी टेबल हुन्छ ? भन्दै प्रश्न गरे ।

 

आइतबार​ ८ फागुन २०७८ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया