×

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

images

काठमाडौँ, ८ फागुनः समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक सो पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्दैछ । 

    बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका कार्यसूची तथा समसामयिक प्रस्ताव रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
 
     बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणामा छलफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

मङ्गलबार ७ फागुन २०८० ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया